विजय साह
भारतको विभिन्न सहरमा कोरोना भाइरस फैलाइरहेको आरोप लागेका यी मुस्लिम नेपाललाई पनि नछाड्ने भो ।
कोरोना भाइरसको त्रासमा सरकारले लकडाउन गरिरहँदा सप्तरीबाट प्रहरीले स्कर्टिङमा १३ जना इन्डोनेसीयन काठमाडौं ल्याएको छ । उनीहरुलाई सरकारले काठमाडौंको बालाजुमा राख्न खोजेको तर स्थानिएकाे विरोध भएपछि ललितपुर महालक्ष्मी नगरपालिकाको इमाडोलमा रहेको मस्जितमा हिजो राति राखेको थियो । त्यहाँ राख्दा पनि स्थानीयले बिरोध गरेपछि उनीहरुलाई गोदावारीस्थित गोदावारी भिलेजमा राखियो। त्यहाँ राख्दा पनि स्थानीयले पुनः विरोध गर्न थालेपछि सरकारले बिहीबार राती त्यहाँबाट पनि हटाएको छ ।
उनीहरुलाई कहाँ पुरयाएको छ भन्ने अहिले गोप्य सारिएको छ । गोदावरी भिलेज रिसोर्टमा राखिएका उनीहरुलाई प्रहरीकै स्कर्टिङमा बा १ ग २१६३ नम्बरको सरकारी गाडीबाट फर्काइएको हो । गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीयको बिरोध पछि गोदावारीबाट अन्यत्र सारिएको बताउनुभयो । उहाँले अन्यत्र पनि स्थानीयले बिरोध गर्ने भएपछि स्थान भने गोप्य राखिएको बताउनुभयो ।
लकडाउनका बेला अचानक विदेशी नागरिक आइपुगेपछि मस्जिदमा बस्नेहरू त्रसित भएका थिए । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आफूलाई केही पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । श्रोतका अनुुसार उनीहरु लकडाउन अघि नै भारतको एक कार्यक्रममा भाग लिइ तराई आएका हुन् । उनीहरू २१ जनवरी र ११ फ्रेबरीमा नेपाल प्रवेश गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !