• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ सरकारले विभिन्न ठाउँमा क्वारेन्टाईन संचालनमा ल्याएयाे


जनकपुरधाम, विश्वभरि नै महामारीका रुप लिइसकेका कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप प्रदेश २ सरकारले विभिन्न ठाउँमा क्वारेन्टाईन संचालनमा ल्याएको छ ।
मंगलवार समाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि मन्त्री साहकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापनि समिति गठन गरिएको ।
त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुका लागि बिरगंजमा केडिया डेन्टल कलेज, गौरमा गौर नर्सिंग इन्स्टिच्यूट, होटल सिया पैलेश र धनुषामा मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा क्वारेन्टाइन तयार भई मंगलवारदेखि नै संचालनमा ल्याउने निर्णय गरिएको जनाइएको छ ।
सप्तरीको रुपनी प्रहरी अस्पताल र जनकपुरधाम स्थित मणिपाल मेडिकल कलेज भवनमा बुधवारदेखि अन्य स्थानमा आवश्यकता अनुसार क्वारेन्टाईन केन्द्रहरु सम्भाव्यता अध्ययन गर्र्दै संचालनमा ल्याउने भएको छ ।
बैैठकबाट विभिन्न ८ बुंदे गरिएको निर्णय मध्ये कोरोना भाइरस रोगीको उपचारका लागि बिरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई विशेषज्ञ अस्पताल तोकियो छ भने सबै जिल्ला अस्पतालमा १० बेडको ट्रान्जिट आइसोलेशन वार्ड तयार गरी संचालनमा ल्याउने भएको छ


कोरोना भाइरस संकास्पद व्यक्ति, रोगीहरुलाई एम्बुलेन्स सेवा तथा क्वारेन्टाइन र अस्पतालहरुमा सुरक्षाको व्यस्थापन गर्न जिल्ला प्रशासन कार्यालयलाई र चेकजाँच तथा उपचार सम्बन्धी आवश्यक उपकरण औषधी सामाग्रीका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय समेत गरियो ।
यसका साथै कोरोना भाइरस चेकजाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तादरुकताका साथ काम गर्ने र विभिन्न क्वारेन्टाईन तथा अस्पतालहरुलाई आवश्यक पर्ने सम्पूर्ण औषधि, उपकरण सामाग्री आपूर्ति प्रदेश स्वास्थ्य आपूति व्यवस्थापन केन्द्रले उपलब्ध गराउने निर्णय पनि गरियो ।


सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको विशेष उपस्थिति तथा मध्यपुर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न अन्तराष्ट्रिय संघ संस्था तथा सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

१२ चैत्र २०७६, बुधबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ चैत्र २०७६, बुधबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

१२ चैत्र २०७६, बुधबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

१२ चैत्र २०७६, बुधबार
Next Post

हाेटल पावन मिथिला क्वारेन्टाइाका लागि प्रयाेग गर्न तयार

प्रदेशवासीकाे नाममा ६बुंदे संदेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh