दिपक कर्ण
विश्व्ववयापि रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको प्रभावलाई मध्यनजर गर्दै आज (मंगलबार) देखि सरकारले एक हप्ताका लागि देशभरि ‘लक डाउन’ गरेको छ ।नेपाल सरकारले प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत देशभरि यो व्यवस्था लागु गरेको हो । सोहि अनुरुप आज बिहानदेखि धनुषा जिल्ला पनि ‘लक डाउन’ भएको छ ।संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्वारा यस्तो आदेश जारी गरिएको हो ।बिहान ६ बजेदेखि लक डाउन गरिएपछि आज पहिलो दिन रहेकोले बजारमा मान्छेको सामान्य उपस्थिती देखिएको छ । जनकपुरधाम नगरका महत्वपूर्ण चोकहरु रामानन्द चोक, भानूचोक, मुरलीचोक,रेल्वे स्टेसन,पिडारीचोक,मिल्स एरिया लगायतका स्थानहरुमा बिहानैदेखि छिटफुट सवारी साधनको आवागमन बाहेक प्रायः सुनसान नै रहेका छन् ।विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट धनुषा जिल्ला पनि उच्च जोखिममा रहेको छ । हालसम्म यस जिल्लामा कुनैपनि व्यक्तिमा यस प्रकारको संक्रमण नदेखिएपनि कुनैपनि बेला यसको समस्या पर्ने अबस्था रहेकोले यसको प्रभाव नियन्त्रण र न्यूनीकरण गर्न तथा नेपाल सरकारको चैत १० गतेको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी आदेश कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम धनुषा जिल्लाको पूर्वमा कमला नदी तथा सिरहा जिल्ला,पश्चिममा रातु खोला तथा महोत्तरी जिल्ला,उत्तरमा उदयपुर,सिरहा तथा सिन्धुली जिल्ला र दक्षिणमा महोत्तरी र मित्रराष्ट्र भारतको सिमाना बिचको धनुषा जिल्लाभरि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि लक डाउन गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।प्रजिअ निरौलाले संक्रामक रोग ऐन, २०२० अन्तर्गत यस आदेशको कसैले उल्लंघन गरेमा कारबाही हुनसक्ने कानूनी व्यवस्था समेत रहेको बताए । यस ऐनको आदेश अटेर गर्नेलाई १ महिना कैद र १०० रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।त्यस्तै सरकारी अधिकारीको काममा बाधा र्पुयाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । कुनैपनि व्यक्ति यस्तो अवस्थामा औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कन पाउनेछन् ।यसैबिच बजारमा अत्यावश्यक वस्तुको मूल्यमा दोब्बर बृद्धि भएको देखिएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको उपभोक्ताहरुको गुनासो छ । यस्तो संक्रामक समयमा एक अर्कोसँग सहयोग र समन्वय गर्नुपर्ने आवश्यकता रहेपनि केहि बिक्रेताहरूले यसको कुनै ख्याल नै नगरी दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरि कालोबजारी समेत गरिरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१० बस्ने किशन साहले आरोप लगाएका छन् ।उनले हिजोसम्म ४० रुपैयाँ प्रतिकिलोमा पाउने प्याजको मूल्य आज अचानक प्रतिकिलो ६० रुपैयाँ पुगेको बताए । साथै १३ सय ७५ रुपैयाँमा उपलब्ध हुने एलपी ग्यासको मूल्य आज १६ सय पुगेको छ । त्यस्तै हरियो सागसब्जीको मूल्य पनि अप्रत्याशित रुपमा बिक्रेताहरुले बढाएको किशनको गुनासो छ ।यता जिल्ला प्रशासन कार्यालय धनुषाले भने बजारमा खाद्यान्न,ग्यास,औषधि लगायत अत्यावश्यक सामग्रीको पसलहरु सञ्चालनमै रहेको र कुनै प्रकारको कालाबजारी वा अधिक मूल्यबृद्धिको शिकायत भएमा नेपाल प्रहरीको १०० नम्बर,नजिकको प्रहरी चौकी अथवा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५४०२१०७७ मा तुरन्त सम्पर्क गर्न सार्वजनिक रुपमा आग्रह गरेको छ ।प्रतिक्रिया दिनुहोस्सम्बन्धितकोरोनाविरुद्धको लडाइँमा संसारले पायो यस्ता ९ सफलताकाठमाडाैं : काेभिड–१९ कोरोनाभाइरस महाव्याधिलाई रोक्न सरकार, समुदाय र संस्थाहरूको भूमिका अपरिहार्य छ । संयुक्तगौरीफन्टा नाकामा प्रहरी र घर फर्कने नेपालीबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहारकैलाली : धनगढी उपमहानगरसँग जोडिएको गौरीफन्टा नाकामा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झण्डकोरोनाभाइरस : सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ सङ्गठनको चेतावनीएजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएकाकोरोनाभाइरस : ब्रिटेनमा पनि ‘लकडाउन’एजेन्सी : कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत अपडेट कोरोनाभाइरसविरुद्धको लडाईमा एशियाबाट पश्चिमा देशले सिक्नु पर्ने पाठकाठमाडौं : पश्चिमा मुलुकमा कोरोनाभाइरसका बिरामीको सङ्ख्या तीब्र गतिमा बढिरहेको छ र ती देशहरूले त्यसकोमिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेलाई पनि कोरोनाको संक्रमणकाठमाडौं : मिस वल्र्ड संस्थाकी अध्यक्ष जुलिया मोर्ले पनि कोरोना संक्रमित भएकी छन् । शनिबारकोरोनाका कारण युरोप बन्द : अन्योल र त्रासले नेपाली संकटमाकाठमाडाैं : युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्।प्रधानमन्त्री ओली आजै साँझ डिस्चार्ज हुनेकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् । शुक्रबार साँझ त्रिविविश्वव्यापी महामारी नियन्त्रण गर्न अनेक उपाय अवलम्बन, नाटकघरदेखि विद्यालयसम्म बन्दकाठमाडौं : विश्वभरि विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासमा विद्यालयहरू बन्द गरिएका छन्,मुख्य समाचारजनकपुर ‘लक डाउन’को पहिलो दिन, अति-आवश्यक वस्तुको मूल्यमा दोब्बर बृद्धिजनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको प्रभावलाई मध्यनजर गर्दै आज (मंगलबार) देखि सरकारलेकोरोनाविरुद्धको लडाइँमा संसारले पायो यस्ता ९ सफलताकाठमाडाैं : काेभिड–१९ कोरोनाभाइरस महाव्याधिलाई रोक्न सरकार, समुदाय र संस्थाहरूको भूमिका अपरिहार्य छ । संयुक्तगौरीफन्टा नाकामा प्रहरी र घर फर्कने नेपालीबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहारकैलाली : धनगढी उपमहानगरसँग जोडिएको गौरीफन्टा नाकामा नेपाल प्रहरी र नेपाल फर्कन लागेका नेपालीबीच झण्डकोरोनाभाइरस : सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ सङ्गठनको चेतावनीएजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएकाकोरोनाभाइरस : ब्रिटेनमा पनि ‘लकडाउन’एजेन्सी : कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावतकोरोनाभाइरसको प्रभाव इटालीपछि स्पेनमा, एकै दिन ५३९ को मृत्युएजेन्सी : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नैराष्ट्रपति भण्डारीले कोरोना रोकथाम कोषका लागि दिइन् २ महिनाको तलबकाठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम कोषका लागि २ महिनाको तलब दिने घोषणा गरेकीसीमामा अलपत्र नेपालीलाई आउन दिन सरकारको निर्देशनकाठमाडौं : सरकारले भारत र चीनसँगको सीमामा आएर अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेश गर्न अनुमतिडोटीमा भोलिदेखि कर्फ्युडोटी : जिल्ला प्रशासन कार्यालय डोटीले भोलि (मंगलबार)देखि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । विश्वभरीभोलिदेखि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने सरकारको तयारीकाठमाडौं : सरकारले भोलि (मंगलबार)देखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ ।कोरोनाको उपचारका लागि वैज्ञानिकले छुट्याए ७० प्रकारका औषधिकाठमाडौं : विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा प्रभावकारी हुने करिब ७० प्रकारका औषधि वैज्ञानिकहरुले छुट्याएकाअर्घाखाँची आज रातीदेखि ‘लक डाउन’ हुनेबुटवल : अर्घाखाँची जिल्लालाई आज राती १२ बजेदेखि अनिश्चितकालसम्मका लागि लक डाउनको घोषणा गरेको
फेसबुकबाट तपाईको प्रतिक्रिया !