• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भारतमा चार जना बलात्कारीलाइ फाँसी


नयाँदिल्ली — निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो ।

निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन्।

बिहीबार निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए। निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि बिहीबार मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो।

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए। दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो। यसअघि पनि उनीहरुले विभिन्न समयमा कानुनी अधिकारको प्रयोग गर्दै अदालतको ढोकामा पुगेका थिए।

यसअघि राष्ट्रपति रामनाथ कोविन्दकोमा सजाय माफीका लागि दया याचिका पठाएको भन्दै अदालतले मार्च २ मा फाँसीमा रोक लगाएको थियो। उनीहरुलाई मार्च ३ मा फाँसी दिइँदै थिइयो तर अदालतले मार्च ५ मा चौथो पटक मृत्युदण्ड दिइने मिति तय गरेको थियो।

के थियो घटना?
डिसेम्बर १६, २०१२ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए। ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए। घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो।

निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो। नयाँदिल्लीको सडकमा राज्य सरकार र केन्द्र सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए। भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो। आफ्नो अन्तिम सास रहेसम्म पीडित युवती न्यायका लागि लडिरहेको भन्दै उनलाई निर्भयाका नामले चिनाउन थालियो। निर्भया मामिलामा भएका प्रदर्शन र आन्दोलन महिला प्रतिरोधी आन्दोलनका रुपमा विश्वमै समेत चिनिएको थियो।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो। घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो। प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थिए। ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ।

त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग भएको भन्दै रिहा गरिएको छ। घटनाका बेला नाबागि रहेको भन्दै ती व्यक्तिलाई रिहा गरिएको हो। नाबालिग रहेको भन्दै उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो।

त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँसी दिइएको हो।
श्रोत- कान्तीपुर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

७ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

७ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

७ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

७ चैत्र २०७६, शुक्रबार
Next Post
६.२ म्याग्निच्युडको भूकम्प, तिब्बत केन्द्रविन्दु

६.२ म्याग्निच्युडको भूकम्प, तिब्बत केन्द्रविन्दु

सम्सि गाउँपालिकाकाे प्रशासकिय अधिकृत र अध्यक्षकाे कमिसन खाेरि कायमै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh