महोत्तरी, फागुन १० । जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नं. २ को क्षेत्रीय भेला बलबा नपाको पडौलमा बिहिवार सम्पन्न भएको छ ।
आसन्न राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर सम्पन्न भएको क्षेत्रीय भेलाले साधारण तथा संगठित सदस्यता बितरण/ नविकरण अभियान लाई तिब्रता दिदै फागुन २५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय अध्यक्ष किशुन देव यादवको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि केन्द्रिय राजनीति समिति सदस्य हरिनारायण यादवले सदस्यता बितरण अभियानलाई पार्टीको प्रचार अभियानको रुपमा समेत लिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । मुलुकमा संघीयता स्थापित गराउने द्लनै जसपा रहेको स्मरण गराउदै नेता यादवले संघियता आए पछि मुलुकमा भएको बिकास निर्माणका कार्यहरूलाई जनताको घर दैलो सम्म पुर्याउन आग्रह समेत गर्नु भयो ।
भेलामा केन्द्रिय सदस्य एवं मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह, केन्द्रिय सदस्य नागेन्द्र यादव, रमेश महतो, राम दरेश यादव, प्रदेश सदस्य राम नरेश राय, किरण राय, सबिता यादव , आतिश मिश्रा , जिल्ला अध्यक्ष राम प्रकाश यादव,सहितको उपस्थित रहेको थियो ।
भेला जनमत पार्टी परित्याग गरि हालै जसपा प्रबेश गरेको महोत्तरी क्षेत्र नं. २ का संघीय सांन्सद प्रत्याशी उमेश यादवलाई सम्मान समेत गरिएको थियो ।
भेलामा महोत्तरी क्षेत्र नं. २ का नगर अध्यक्षहरु ३६ वटै वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।