• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई अत्यन्त ठूलो दुर्घटना र लामो मन्दीमा फसाउने खतरा


महामारीको अर्थ बुझाउने अंग्रेजीमा दुईवटा शब्द छन्– एपिडेमिक र प्यान्डेमिक । विश्व स्वास्थ्य संगठनको परिभाषामा ‘एपिडेमिक’ले कुनै क्षेत्र विशेषमा सीमित र ‘प्यान्डेमिक’ले एकैपटक विश्वभरि फैलिने महामारी रोगलाई बुझाउँछ । गत डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरस फैलिँदा विश्व स्वास्थ्य संगठनले यसलाई एपिडेमिक भनिरहँदा युरोप र अमेरिकालगायत विकसित राष्ट्रले सम्भावित खराब स्थितिप्रति खासै ध्यान दिएनन् ।
अहिले कोरोना भाइरस चीनको सीमा नाघेर विश्वको एक सय १५ देशमा फैलिएको छ । तीव्र गतिमा विश्वभरि फैलिइरहेका कारण विश्व स्वास्थ्य संगठनले अब कोरोना भाइरस रोगलाई कोभिड–१९ को नाम दिएको छ र ‘प्यान्डेमिक’ भनेको छ । हुन त विश्व स्वास्थ्य संगठनले यस्तो सम्भावनाबारे पहिल्यैदेखि नै चेतावनी दिँदै आएको छ । तर, महामारीसँग लड्न खर्बौं डलरको खर्च आवश्यक पर्ने हुनाले होला, विश्वका विकसित देशले ती चेतावनीको उपेक्षा गरे । अनुदान र ऋण तथा भगवान् भरोसे चल्ने गरिब देश त निरीह भई नै हाले, उनीहरूको के कुरा गर्नु ! तर, विगत ४५ दिनमा जसरी यो कोरोना भाइरसले सम्पूर्ण विश्वलाई तीव्र गतिमा आफ्नो काबुमा पार्दै छ, त्यसले विकसित राष्ट्रहरूको समेत होस उडाइदिएको छ । परिणामस्वरूप अहिले सम्पूर्ण विश्व एकखालको स्वनिर्मित नाकाबन्दीमा छ ।
विश्वभरि स्कुल, कलेज, सभा–समारोह, रेल–जहाज, लामो दूरीको आवत–जावत सबै ठप्प हुने स्थितिमा छन् । प्रायः हरेक देशले बाहिरिया आगमनमा रोक लगाइरहेको छ । यसले प्रत्यक्षतः विश्व अर्थतन्त्रलाई अत्यन्त ठूलो दुर्घटना र लामो मन्दीमा फसाउने देखिन्छ । विश्व बजारमा सबैभन्दा ठूलो हिस्सेदार अमेरिका र चीन भएकाले यस विपत्तिबाट सबैभन्दा प्रभावित यिनै देश हुनु पनि स्वाभाविक नै छ । युरोप र अमेरिका, र अझ सायद स्वास्थ्यको दृष्टिले सबैभन्दा सुरक्षित मानिने शासक वर्गका प्रतिनिधि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसमेतमा कोरोना भाइरस संक्रमण देखिनु पनि यी देश बढी चिन्तित हुनुका कारण हुन सक्छन् ।
कोरोनाबाट बच्न र कुनै फ्लु लाग्न नदिन गरिने उपाय र आवश्यक पर्ने औषधि खरिद र जाँचमा लाग्ने खर्चको हिसाब विश्वस्तरमा जोड्ने हो भने कोरोनाको नाफाको अन्तर्राष्ट्रिय खेल सजिलै बुझ्न सकिन्छ ।
विश्वका प्रायः सबै देश कोरोना भाइरसबाट प्रभावित रहे पनि यसको घनीभूतता कुनै न कुनै रूपमा समृद्ध रहेका देशमै देखिएको छ । अहिलेसम्म विश्वभरि एक लाख ५० हजारको हाराहारीमा कोरोना भाइरसबाट संक्रमित रहेकामध्ये सबैभन्दा ठूलो हिस्सेदार चीन (८१ हजारको हाराहारीमा संक्रमित तथा पुगनपुग ३ हजार २ सयको मृत्यु) का अतिरिक्त युरोपको तेस्रो धनी देश इटाली (१७ हजार ६ सय ६० संक्रमित, १ हजार २ दुई ६६ मृत्यु) र विश्वको प्रमुख तेल निर्यातक देश इरान (११ हजार ३ सय ६४ संक्रमित, ५ सय १४ मृत्यु) दोस्रो र तेस्रो स्थानमा छन् । त्यसैगरी एक हजारभन्दा माथि आठ हजारजनासम्म संक्रमित र दुई अंकमा मृत्यु हुने देशमा दक्षिण अफ्रिका, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका र स्विट्जरल्यान्ड छन् ।
यीमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिका (८ हजार ८६ संक्रमित, मृत्यु ७२) र सबैभन्दा कम स्विट्जरल्यान्ड (१ हजार ९ संक्रमित, मृत्यु ६) छन् । हामी बस्ने दक्षिण एसियामा भारतमा सबैभन्दा बढी (८३ संक्रमित, २ मृत्यु) र पाकिस्तान (१६ संक्रमित) प्रभावित देखिएको छ । यसपछि क्रमशः मालदिभ्स (संक्रमित ९), श्रीलंका (संक्रमित ६), अफगानिस्तान (संक्रमित ५), बंगलादेश (संक्रमित ३), र नेपाल र भुटानमा १–१ जना संक्रमित छन् । नेपालमा संक्रमित १ जना उपचारपछि घर फर्किसकेका छन् । कोरोना भाइरसबाट संक्रमित र मृत्युका यी अंक परिवर्तनशील छन् । तपाईंले यो पढिरहँदा कोरोना भाइरस अझै फैलिइसकेको हुने सम्भावना छँदै छ ।
अझ स्वास्थ्य सचेतना तथा सुरक्षा व्यवस्थामा सबैभन्दा कमजोर मानिएको तर चीनपछि विश्वको सबैभन्दा बढी जनसंख्याको बसोवास भएको दक्षिण एसियामा कोरोना भाइरसको संक्रमण कदाचित विस्फोट भयो भने स्थिति अत्यन्त भयावह हुने सम्भावना पनि उत्तिकै छ । तर, तथ्यांकहरूले कोरोना भाइरसको विस्तार बजारको घनीभूतता तथा समृद्धिको क्रमिकतामा भइरहेको देखाउँछ । हुन त अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरू १ हजार ६ सय ८१ र मृत्यु हुनेहरूको संख्या ४१ जना छन् । चीन र इटालीको तुलनामा यो संख्या धेरै कम हो, तर थोरै समयमा जुन तीव्रतासाथ यो संक्रमण फैलिँदै छ, त्यसले अमेरिकाको चिन्ता बढ्नु स्वाभाविकै हो । यसैकारण अमेरिकाले पनि अन्य देशजस्तै बाहिरबाट आउने सबै हवाई उडानमा रोक लगाएको छ ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको नाममा सम्बोधन गरे । विश्वका प्रायः सबै प्रमुख शासकले यस महामारीविरुद्ध एकजुट भएर काम गर्नुपर्ने अपिल गरिरहेका छन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाका देशको संगठन ‘सार्क’मातहतका देशलाई एकजुट हुन गरेको अपिलको ‘कोरोना कूटनीति’ले त दक्षिण एसियामा नयाँखाले तरंग नै उत्पन्न गरेको छ । भारत र पाकिस्तानको शत्रुवत् सम्बन्धका कारण सार्क लामो समयदेखि निष्क्रिय थियो । तर, मोदीको यस प्रस्तावपछि आइतबार कोरोना भाइरसविरुद्ध एकजुट हुँदै सार्क राष्ट्रका सबै सरकार प्रमुखले भिडियो कन्फ्रेन्समार्फत आआफ्ना तयारी र क्षेत्रीय रूपमा गर्न सकिने तयारीबारे छलफलसमेत गरिसकेका छन् ।
भिडियो कन्फ्रेन्सकै क्रममा भारतीय प्रधानमन्त्री मोदीले कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रबीच एक सामूहिक कोष बनाउने घोषणासँगै भारतका तर्फबाट कोषमा एक करोड डलर जम्मा गर्ने घोषणासमेत गरेका छन् । केही वर्षपहिले दक्षिण एसियामा ठूलो बाढी आएको थियो । यसमा सबैभन्दा बढी भारत प्रभावित भएको थियो । भारतीय मिडियाले त्यस बाढीमा नदीमा बगिरहेको एउटा काठको मुढामा चरा र साँप सँगै बसेका दृश्य प्रकाशित गरेका थिए । कोरोना भाइरसको महामारी र सार्कको मञ्चमा भारत–पाकिस्तान एकै ठाउँमा देखिनु त्यस्तै परिदृश्य हो । तर के यो चिन्ता, यो सक्रियता विश्व जनसमुदायका निम्ति हो ? अथवा बजारका निम्ति हो ? विगत खोतल्ने हो भने यो चिन्ता बजारप्रति बढी देखिन्छ । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा गरेको सम्बोधनमा समेत जनस्वास्थ्यभन्दा पनि खस्कँदो स्टक मार्केट र अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभावको चर्चा बढी थियो ।
विश्व स्वास्थ्य संगठनको नयाँ विज्ञप्तिमा कोरोना भाइरसको केन्द्र (इपिसेन्टर) अब चीनबाट युरोपमा सरेको भनिएको छ । यसको एक मात्र कारण इटालीलगायत युरोपेली देश सम्भावित महामारीप्रति पहिल्यैदेखि सतर्क र सचेत नहुनु र समयमै संक्रमण रोक्न नसकेर अनियन्त्रित हुनु हो । विकसित गनिएका युरोपेली देशको विगत १० वर्षको समीक्षा गर्ने हो भने इटाली र स्पेनलगायत कैयौँ देशमा दसौँ हजार स्वास्थ्य कर्मचारी र कार्यकर्ता कटौती गरिएका थिए । जसरी पनि कमाइएका निजी नाफामा समृद्धि देख्ने यी देशमा जनस्वास्थ्यको स्थितिप्रति खासै ध्यान दिइएको थिएन । किनभने जनस्वास्थ्य नाफा होइन, जनताप्रति सेवामूलक खर्च हो । त्यसैकारण अहिले यी देश कठिनाइमा देखिएका छन् ।
अमेरिकालगायत अन्य विकसित देशको चिन्तामा यो सम्भावित त्रास पनि सामेल छ । यसै त्रासका कारण विश्व साम्राज्यवादभित्रका ब्रेक्जिट र युरोप अथवा अमेरिका भर्सेज चीन, अथवा भारत–पाकिस्तानजस्ता अन्तर्विरोधका रूप नै फेरिदिएको छ । वस्तुतः विश्वको शासक समुदायमा देखिएको चिन्तामा विश्व अर्थतन्त्रमा सन् २००८ देखिको निरन्तर ठूलो मन्दीभित्रै अर्को सम्भावित भयावह क्य्रास (दुर्घटना) को त्रास बढी छ । जहाँसम्म हामीजस्ता धनी देशका पिछलग्गु अर्थतन्त्र भएको अल्पविकसित र अविकसित देशको प्रश्न छ, यसखाले देशले सरकारलाई गह्रुँगो आर्थिक भार नपर्ने उपाय खोज्ने गर्छन् । र, यहाँका दलाल पुँजीपतिले मौका पाए भने यसै निहुँमा वैध र अवैध तरिकाबाट थप नाफा कमाउने उपाय खोज्ने गर्छन् । बजारमा मास्क र अत्यावश्यक औषधिको मूल्यवृद्धि, औषधि र उपभोग्य सामग्रीको अभाव र कालोबजारी यस्तै उपाय हुन् । के यो स्थिति अल्पविकसित र अविकसित देशहरूमा मात्रै छ ? अहँ, यस्तो प्रयोग त विकसित पुँजीवादी देशमा समेत भइरहेको छ । युरोपमा बढ्दो मूल्यवृद्धि, घट्दो श्रममूल्य र श्रमिकको कटौती यसैको परिणाम त हो !
परिणामहरूले कोरोना भाइरसलाई घातक देखाउँदैनन् । समयमै सचेततापूर्वक उपचार गरियो भने यस रोगमा मृत्युदर तीन–चार प्रतिशत मात्र देखिएको छ । असुरक्षित भएमा मात्र संक्रमण र मृत्युको दर बढ्ने सम्भावना बढी हुन्छ । विगतमा सार्स र स्वाइनफ्लूजस्ता महामारीले यो सिक्ने मौका दिएकै थियो । यस्तोमा पनि सचेत नहुनुलाई निर्दोष कसरी मान्न सकिन्छ ? वस्तुतः यो अकुत नाफाको भोक नै हो, जसले यो स्थिति सिर्जना गरेको छ । कोभिड–१९ रोग लागे पो सरकारले आइसोलेसन क्याम्पमा राखेर उपचार गरिदिन्छ । होइन भने यसबाट बच्न र कुनै फ्लू (ज्वरो) लाग्न नदिन गरिने उपाय र आवश्यक पर्ने औषधिको खरिद र जाँचमा लाग्ने खर्चको हिसाब विश्वस्तरमा जोड्ने हो भने कोरोना भाइरसको नाफाको अन्तर्राष्ट्रिय खेल सहजै बुझ्न सकिन्छ । एउटा उखान छ नि ! कमाउनेले समुद्रको लहर गनेर पनि कमाउँछ । त्यस्तै भएको छ, यो नाफाको खेल ।
यस प्रकारका महामारीको कहरबाट समाजलाई बचाउन सामाजिक नीतिको आवश्यकता पर्छ । र, अहिले सरकारहरूले लागू गर्न खोजेको नाफाको नीति मात्र हो । अहिले विश्वका कैयौँ देशले भनिरहेको सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइन त्यसैको परिणाम हो । होइन भने आर्थिक रूपमा गरिब र त्यसैकारण श्रमजीवी वर्ग स्वास्थ्य अनुशासनमा बस्न नसक्नुको बाध्यता सरकारले बुझेको छैन र ? मिहिनेत नगरे आफू र परिवारको मुखमा माड नलाग्ने परिवारहरू कसरी १४ दिनको क्वारेन्टाइन र आइसोलेसनमा कसरी बस्ने ? कुनै न कुनै उपायले छलेर उनीहरू काम गर्न निस्किए भने के हुन्छ ? यो कुरा धनी देशले बुझेका छन् । तर, उनले सस्तो श्रम बेच्न बाध्य र महँगोमा माल बेच्ने बजार पनि यिनै कमजोर देश नै छन् भन्ने पनि बुझेका छन् । र, यो दुवै स्थिति श्रमिक र उपभोक्ता अक्कडमा परेका वेला मात्र सम्भव छ ।
सन् १९८७ मा ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरले भनेकी थिइन्– यहाँ समाज भन्ने केही हुँदैन । थ्याचरको यस भनाइले सामाजिक अभियान र आधारभूत संरचनामाथि समग्र आक्रमण र श्रमजीवीको हातबाट अकुत सम्पत्ति धनीहरूको हातमा जाने प्रक्रियालाई औचित्य प्रदान गर्छ । सधैँझैँ उपेक्षामा पारिँदै आएका श्रमजीवीको अप्रत्यक्ष बाध्यता कोरोना भाइरस प्रकरणमा पनि उपेक्षामै छन् । होइन भने हाम्रा समाजवादोन्मुख स्वास्थ्यमन्त्रीले धनी देशको सिको गर्दै कोरोना भाइरस संक्रमणका निम्ति क्वारेन्टाइनको जिम्मा सरकारले लिँदैन भन्ने थिएनन् ।
अन्य महामारीजस्तै कोरोना भाइरसले पनि उत्पादनका साधनमा निजी स्वामित्वमा आधारित सामाजिक व्यवस्थामा निहित नाफामुखी असामाजिकतालाई नंग्याइदिएको छ, जसमा सामाजिक आवश्यकता नाफा तथा व्यापक वैयक्तिक सम्पत्ति उत्पादनका कारकका रूपमा हुन्छन् । यस्तो पुँजीवादी अल्पमतीय समाजको सूत्रवाक्य हुन्छ– यदि हाम्रा अर्बौंको आकांक्षाले करोडौँको मृत्यु हुन्छ भने हुन देऊ । के यस स्थितिमा परिवर्तन सम्भव छ ? छ । तर, यसका निम्ति पब्लिक, प्राइभेट पार्टनरसिपमा आधारित समाजवादोन्मुख (यथार्थमा नवउदारवादी) नीति होइन, एक मात्र पब्लिक अझ प्रस्ट भनौँ भने श्रमजीवीलाई केन्द्रमा राखेर समाजवादी नीति अवलम्बन गरे मात्र सम्भव छ । यसका निम्ति श्रमजीवी र यससँग सरोकार राख्ने संगठनले सरकारसँग प्रश्न गर्न सक्नुपर्छ । अफसोस ! कोभिड–१९ सामाजिक छ भने यसविरुद्धको नीति पुँजीवादी छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

३ चैत्र २०७६, सोमबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ चैत्र २०७६, सोमबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

३ चैत्र २०७६, सोमबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

३ चैत्र २०७६, सोमबार
Next Post

गत वर्षकाे बक्याैता एन बनाएर भुक्तानी गर्ने सहमति

औरही स्वास्थ चौकीको शौचालय।

औरही स्वास्थ चौकीको शौचालय।


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh