• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेनाले लियाे ६५ सय भन्दा बढीकाे ज्यान



चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरी महामारीको रुप लिएको छ । हालसम्म १ सय ५७ मुलुकमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भइसकेको छ ।
कोरोना भाइरसबाट १ लाख ६९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यसको संक्रमणले ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।
संक्रमित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचारारत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३२ सय १३ पुगेको छ ।
एक हप्ता यता नयाँ संक्रमण अत्यन्तै कम देखिएको चीनमा थप १४ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
चीनमा संक्रमण देखिएका ८० हजार ८ सय ५८ जनामध्ये ६७ हजार ७ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।
युरोपेली मुलुकलाई केन्द्रविन्दु बनाएर फैलिरहेको कोरोनाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ ।
संक्रमण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा कोरोनाभाइरसको संक्रमण फैलने क्रम रोकिएको छैन ।
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।
थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।
स्पेनमा थप ९६ जना संक्रमितको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्रमण भएको छ।
यस्तै फ्रान्समा १२७ जनाको मृत्यु भएको छ भने ५४ सय २३ जना संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।
सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्रमित भएका छन् ।
कोरोनाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३र३ जनाको मृत्यु भएको छ ।
एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृत्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा ७५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ ।सभार टुडेपाटी

←

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

३ चैत्र २०७६, सोमबार
अन्तर्राष्ट्रिय

हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

३ चैत्र २०७६, सोमबार
Next Post

खुला मदिरा सेवनले मृत्यु भएका परिवारलाई ३÷३ लाख दिइने मुख्यमन्त्री राउतको घोषणा

कोरोना संक्रमणले विश्व अर्थतन्त्रलाई अत्यन्त ठूलो दुर्घटना र लामो मन्दीमा फसाउने खतरा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh