
सम्सी, चैत्र १ गते : महोत्तरीको सम्सीनाकाबाट लागु औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ सम्सी गाउँपालिका–६ स्थित भारतबाट कार्टुन भित्र लागुऔषध राखि आउँदै गर्दा शंकालागेर चेकजाँचको क्रममा १७ थान कोरेक्स् सशस्त्र प्रहरी र नेपाल प्रहरीका संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–२ मुस्लिम टोल बस्ने जगदेव मण्डलको २२ वर्षिय छोरा विरेन्द्र मण्डल रहेको सशस्त्र प्रहरी विओपी सम्सीका प्रहरी निरीक्षक नवराज पुडासैनीले बताएका छन् ।
पक्राउ परेका मण्डललाई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाईएको सम्सी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक दिपेन्द्र कुमार यादवले बताएका छन् ।