• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एसईई परीक्षामा ४लाख भन्दा बढी परीक्षार्थी सहभागी हुने


एसईई परीक्षामा ४लाख भन्दा बढी परीक्षार्थी सहभागी हुने

काठमाडौं । एक सातापछि सुरु हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदै छन्। चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्।

बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्। प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए । गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए।उनका अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ। बाग्मतीमा ४ सय २१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७६ छन्। त्यस्तै एकमा ३ सय ७४, २ मा २ सय ६६, गण्डकीमा २ सय २०, ५ मा ३ सय २६ र सुदूरपश्चिममा २ सय ११ केन्द्र कायम गरिएको छ।बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराए ।केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ।

उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो। संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो। पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ। गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो।

कोरोनाको त्रास बढिरहेको अवस्थामा बोर्डको अनुरोधमा सबै केन्द्रका हेल्थ डेक्स राख्ने तयारी भइरहेको छ। परीक्षा समितिको एक÷दुई दिनपछि हुने बैठकले डेक्स राख्ने निर्णय मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले डेक्स राख्ने गृहकार्य गरिरहेको छ।बोर्डका अध्यक्ष प्रा.डा पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा बेग्लै राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण
अन्तर्राष्ट्रिय

मटिहानीका मखाना कृषकहरुलाई नगर प्रमुख मण्डलद्वारा बजारीकरण सामग्री वितरण

२८ फाल्गुन २०७६, बुधबार
वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

वन संरक्षणमा समुदायको प्रत्यक्ष सहभागिता आवश्यक : महोत्तरीमा समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ फाल्गुन २०७६, बुधबार
कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह
अन्तर्राष्ट्रिय

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

२८ फाल्गुन २०७६, बुधबार
पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा
अन्तर्राष्ट्रिय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना एकडारा गाँउपालिका’ घोषणा

२८ फाल्गुन २०७६, बुधबार
Next Post
होली २०७६ को शुभकामना

होली २०७६ को शुभकामना

सरकारले कोरोनासम्बन्धी वास्तविक तथ्यांक लुकाएको आरोप

सरकारले कोरोनासम्बन्धी वास्तविक तथ्यांक लुकाएको आरोप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh